काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहले अस्वीकार गरेका छन् । आइतबार ९चैत १७० बिहान जरिवानापत्र लिएर काठमाडौं महागरपालिकाको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो ।
गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ । ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।
न्यूज समय
१७ चैत्र, २०८१, आईतबार ००:००