राजावादी र पूर्व पञ्चहरुले तीनकुने घटनाको अपराधको भारी प्रसाईंलाई बोकाएर उम्कन खोजेको शंकर पोखरेलको आरोप

न्यूज समय


नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी र पूर्व पञ्चहरुले तीनकुने घटनाका सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको थ्रेटका सामु उनीहरु निरही देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले।’

उनले यो सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भएको बताए । उनले दुर्गा प्रसाईंका अराजक तत्वहरुले गरेको अपराधिक क्रियाकलाप सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभानो बन्न खोजेको पनि लेखेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्– बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु। तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।’