विराट गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

न्यूज समय

विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप आज उपाधिका लागि सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच भिडन्त हुँदैछ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो भने थ्रीस्टारले आइतबार विभागीय टोली त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधिका लागि प्रतिष्पर्धी बनेको थियो ।

चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । ३० माघमा पोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो । खेलका उत्कृष्ट खखेलाडी चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए । विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।