युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल जारी वुमन्स डे कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
शनिबार नामिबियासँग ६ विकेटले पराजित नेपाल आज जितको खोजिमा हुनेछ। युगान्डा हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। सन् २०२२ मा युगान्डाले नेपाल भ्रमण गरेको थियो।
सो सिरिज नेपालले दुई–एकले आफ्नो पक्षमा पारेको थियो सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबिया छन्। सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ।
न्यूज समय
२५ फाल्गुन, २०८१, आईतबार ००:००