काठमाडौँ । सर्वोच्च अदालतका आज कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो ।
पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो ।
उनी ८४ वर्षकी थिइन् । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । ०६५ जेठ २० मा उनले अवकाश पाएकी थिइन् ।
न्यूज समय
१८ फाल्गुन, २०८१, आईतबार ००:००