डिजेल र मट्टीतेलको मुल्य एक रुपैँया घट्यो, पेट्रोलको मूल्य भने यथावत्

न्यूज समय

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा हेरफेर गरेको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ ।

निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।