सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएर भूकम्प, ७ : ३५ सम्म २३ परकम्प

न्यूज समय


काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको भैरवकुन्ड आसपासमा केन्द्रबिन्दु गएर भूकम्प गएको छ । भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

बिहान गएको भूकम्पको परकम्प गइरहेको छ ।  बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ