काठमाडौँ । काठमाडौंमा आजदेखि १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ।
सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गरिने बताइएको छ ।
सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत देशहरूको प्रतिनिधित्व रहने छ ।
न्यूज समय
१५ फाल्गुन, २०८१, बिहीबार ००:००