काठमाडौँ । म्याग्दीमा भूकम्पको अर्को धक्का महसुस गरिएको छ । मंगलबार बिहान सानातिना धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ३.४ र ३.५ म्याग्निच्युडका तीन धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको छ । त्यसअघि, मंगलबार बिहान नै ६ बजेर १३ मिनेटमा म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।
यसै दिन बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, यी साना धक्का हुन् ।
यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो । हिजो मात्रै यस्तै सानो भुकम्पको धक्का लमजुङमा महसुश गरिएको थियो ।
न्यूज समय
१३ फाल्गुन, २०८१, मंगलबार ००:००