चालू आर्थिक वर्ष ०८१–८२ को दोस्रो त्रैमासिक समीक्षा सार्वजानिक गर्दै राष्ट्र बैंक

न्यूज समय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष ०८१–८२ को दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ। यसका लागि साँझ पाँच बजे राष्ट्र बैंकको बोर्ड बैठक बोलाइएको छ । सो बैठकले दोस्रो त्रैमासिक समीक्षा अनुमोदन गरेपछि साँझ नै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि नीतिगत लचकता अपनाउने गरी मौद्रिक नीतिमा केही संशोधन गर्ने संकेत गरेका छन्। समीक्षाअघि बैंकरको सुझाव लिएका गभर्नर अधिकारीले बैंकिङ क्षेत्रका लागि जारी गरिएकामध्ये केही नीति संशोधन गर्ने आश्वासनसमेत दिएका थियो।

यद्यपि ब्याजदर बढ्न सक्ने भन्दै निजी क्षेत्रले भने चिन्ता व्यक्त गरेका छन्। आगामी चैत २५ गते अवकाशमा जान लगेका गभर्नर अधिकारीको यो अन्तिम मौद्रिक नीतिको समीक्षा हो।