काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बीमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले दामोदर बसौला, शरद ओझा, र रामशरण पुडासैनी नाम सिफारिस गरेको स्रोतले बतायो ।
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । यही मन्त्रिपरिषदले यी ३ मध्ये १ जनालाई अध्यक्ष बनाउनेछ । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ ।
न्यूज समय
१२ फाल्गुन, २०८१, सोमबार ००:००