नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मुल्य घटाएको छ ।
संघले शुक्रबार देखि लागु हुने गरी प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको जनाएको छ ।
संघको विहिबार बसेको बैठकले उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको संघका अध्यक्ष विनोद पोखरेलले जनाकारी दिए ।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ निर्धारण गरिएको छ ।
अध्यक्ष पोखरेलले बजारमा रहेको वेतिथी घटाउन संघले भाउ घटाएको तर केही समय भित्रनै अर्को निर्णय गरी मुल्य बढाउने समेत बताए ।
न्यूज समय
९ फाल्गुन, २०८१, शुक्रबार ००:००