यस्ता केही परिवार थिए, छन्, जसको राजनीतिमा लामो समय बलियो पकड र दबदबा छ । जस्तै ः भारतमा नेहरू र गान्धी परिवार । पाकिस्तानको भुट्टो र जर्दारी परिवार । नेपालमा कोइराला परिवार । नेपालको राजनीतिमा कोइरालाको विरासतको राजनीति झण्डै झण्डै चार पुस्ता पुगेको छ । पिताजी कृष्णप्रसाद कोइराला जहानियाँ राणा शासकलाई चुनौती दिने नेता । उनका छोराहरू मातृकाप्रसाद कोइराला, वीपी कोइराला, केशब कोइराला, तारणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला सवै परिवार नै कहीँ न कहीँ राजनीतिमा जोडिएको परिवार । पिताजी कृष्णप्रसाद कोइरालाका तीन भाई छोरा त नेपालको प्रधानमन्त्री नै भए । त्यो मध्ये वीपी कोइरालाले पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न अवसर पाए भने गिरिजाप्रसाद कोइरालाले धेरै पटक प्रधानमन्त्री बन्ने अवसर पाए ।
पिताजी कृष्णप्रसाद कोइरालाका नाती पुस्ताका कोइरालाहरू मध्ये डा शेखर, सुजाता र डा शशांक अहिले कांग्रेसको राजनीतिमा सक्रिय छन् । यी ती कोइराला बाहेक पनि दुम्जाली कोइरालाहरू नेपाली राजनीतिमा सक्रिय छन् । कृष्णप्रसाद कोइरालाका आफ्नै सन्तान नभएपछि दुम्जाली कोइराला नै भएका कारण सुशील कोइराला पारिवारिक विरासत धान्दै नेपाली कांग्रेसको सभापति र नेपालको प्रधानमन्त्री बने । दुम्जाली कोइरालाहरू विरासतको राजनीति भनेको नेपाली कांग्रेससँग जोडिएको छ । तर केहीँ यस्ता कोइरालाहरू छन, उनीहरू पारिवारीक विरासतभन्दा अलग रहे । कोहीले विद्रोह गरे कोही विचलित भए ।
कमल कोइराला
राणाशासनको अन्त्यपछि जनताको छोरो पहिलो पटक प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला पारिवारिक विरासतबाट बिद्रोह गर्दै कोइराला परिवारका एक्ला कम्युनिष्ट बने । कोइराला परिवार भनेकै नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस भनेकै कोइराला परिवारजस्तो भएको अवस्थामा कमल कोइराला विद्रोही बन्दै कम्युनिष्ट बने । कमल कोइराला बुवा प्रधानमन्त्री भएकै बेला सत्ताविरुद्ध सडकमा निस्किए, पक्राउ परे र जेल गए । उनी प्रधानमन्त्रीकै निवासमा बसेर कम्युनिस्ट पार्टीको सदस्यता लिए, सङ्गठनमा गर्न थाले । त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना भएपछि निर्मल लामाको संगतले कमल कम्युनिष्ट बने । लामा बनारसमा नेपाली कांग्रेसको अफिस सेक्रेटरी । त्यहाँ छँदा पनि लामासँग उनको धेरै पटक भेट भएको थियो । तिनै निर्मल लामा त्रिचन्द्र क्याम्पसमा भेटिए । त्यतिबेलासम्म लामा कम्युनिस्ट भइसकेका थिए । कमललाई कम्युनिष्टहरूको विद्यार्थी संगठनको जुलुसमा सहभागि भएका कारण बुबा मातृमा प्रधानमन्त्री भएको बेलामा पक्राउ परे । उनी त्यसपछि निरन्तर कम्युनिष्टहरूको संगतमा पुगे । मातृका र वीपीका बीचमा पनि मनमुटाव भइरहेको थियो । यसको पनि कमललाई असर प¥यो अर्थात मातृकाले पनि कमललाई कम्युनिष्ट बन्न रोकेनन् । २०१७ पुस १ गते राजाले दलमाथि प्रतिबन्ध लगायो । त्यसलगत्तै २०१७ फागुनमा भारतको दरभङ्गामा कम्युनिस्ट पार्टीको विस्तारित बैठकको आयोजना गरियो । उनलाई विद्यार्थी फेडरेसनको तर्फबाट विस्तारित बैठकमा भाग लिन बोलाइयो । २०१९ वैशाख ४–१५ मा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट महासचिवमा तुलसीलाल अमात्य चुनिए । पोलिटब्युरोमा मनमोहन अधिकारी, पुष्पलाल, हिक्मतसिंह भण्डारी, कृष्ष्णराज बर्मा, मोहनविक्रम सिंहलगायत चुनिए । उनी पनि केन्द्रीय समितिमा चुनिए । तर, विचारको हिसाबले फरक भए पनि कोइराला परिवारमा कुनै त्यस्तो विभेद थिएन् । गिरिजाप्रसाद कोइराला बाँचुन्जेल कांग्रेसमा मात्रै होइन, सत्तामा पनि हावी भए । हरेकजसो पारिवारिक कार्यक्रममा उनलाई बोलाइन्थ्यो ।
विपीपुत्र प्रकाश
कांग्रेसका संस्थापक वीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाले लामो समय नेपाली कांग्रेसको राजनीति गरे । कोइराला परिवारको उत्तराधिकारीका रुपमा हेरिएको थियो उनलाई । कृष्णप्रसाद कोइरालाका नाती पुस्तामा प्रकाश नै गिरिजाप्रसाद कोइरालापछि पारिवारिक विरासत धान्ने धेरैको अनुमान थियो । तर उनी कोइराला परिवारको विरातबाट विचलित हुँदै राजाको मन्त्री खानका लागि पुगे । प्रकाशले २०४६ सालको परिवर्तनताका नै असंतुष्टी जनाएका थिए । उनले २०४६ सालमा कांग्रेस र संयुक्त बाममोर्चाका केही गतिविधी विरुद्धमा रहे । उनले आफ्नो असंतुष्टी जनाउदै वक्तब्य नै जारी गरेका थिए । खास गरि प्रकाश त्यो बेलामा भारतले गरेको नाकाबन्दीको विरुद्धमा प्रकाश थिए । उनले आन्दोलनरत दलहरूले पनि नाकाबन्दीको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने लाइन प्रकाशको थियो । प्रकाशको आफ्ना पारिवारिक उत्तराधिकारी गिरिजाप्रसाद कोइरालासँगको बेमेल पनि हो । त्यही बेमेलका कारण कांग्रेसको कांग्रेसको केन्द्रीय सदस्य भइसकेर पनि राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बन्न पुगे । प्रकाश पञ्चायतकालमा नै पनि गिरिजाप्रसादसँग भन्दा कृष्णप्रसाद भट्टराईसँग नजिक थिए ।
विपिन कोइराला
विपिन कोइराला कृष्णप्रसाद कोइरालाकै खलक नभएपनि दुम्जाली कोइराला हुन् । पारिवारिक हिसाबले विपिन सुशील कोइराला भन्दा नजिक हुन् । सिन्धुलीको दुम्जामा तीनवटा थुम्कामा कोइरालाहरूको बस्ती थियो । त्यही मध्ये एउटा थुम्काका वीपीन कोइराला र प्रकाश कोइरालाको थियो । पुर्खा हिसाब गर्दा वीपी कोइरालाहरू र विपिन कोइरालाहरू सुशील कोइराला भन्दा नजिकका हुन् । तर सुशील कोइराल वीपी कोइरालाकी सानीआमाका छोरा हुन् । त्यो हिसाबले वीपी कोइरालाहरूसँग विपिन कोइराला भन्दा सुशील कोइराला नजिक भए । तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विपिन कोइराला नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष भएर कोइरालाहरूको विरासतका आशा लाग्दा पात्र थिए । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्दा मार्शलजुलुम शाक्यलाई हराउदै नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । तर उनी पछि पञ्चायतमा प्रवेश गरे । कांग्रेसलाई दुःखका बेलामा छोडेकाले उनी कांग्रेसको राजनीतिमा पछि परे । बहुदल आएपछि कांग्रेसमा प्रवेश गरेर सिन्धुलीबाट प्रतिनिधिसभा सदस्य पनि निर्वाचित भए । विपिन त्यही पटक स्वास्थ्यमन्त्री भए ।
सिन्धुलीका प्रकाश
२०४८ सालमा आम निर्वाचनमा नेपाली कांग्रेसको उमेदवार बनेर विजयी भएको प्रकाश कोइरालाले पछिल्लो समय राजनीतिबाटै अलग भए । कोइराला भएर पनि कोइराला समूहमा नभएका प्रकाश कोइरालाले २०४८ सालको चुनावपछि कांग्रेस छत्तिसे र चौहत्तरे दुई समूहमा विभाजित हुँदा उनले ३६ औं नम्बर हस्ताक्षर गरेका थिए । उनी पनि दुम्जाकै कोइराला हुन् । उनी सुरुदेखि नै गिरिजाप्रसाद कोइराला भन्दा कृष्णप्रसाद भट्टराई नजिक थिए । प्रकाशले २०५१ सालमा टिकट नपाएपछि कांग्रेसको सक्रिय राजनीतिमा रहेनन् । पछि उनी अमेरिका गएर उतै उनको निधन भएको छ ।
ज्योती कोइराला
वीपी कोइरालाका साइला भाई तारणीप्रसाद कोइरालाका छोरा हुन् ज्योती । तारणी र रोशाका छोरा ज्यातीलाई गिरिजाप्रसाद कोइरालासँग भने सधै मनमुटाब नै रह्यो । रोशाको राजनीतिक योगदानका बारेमा वीपी कोइरालाले आफ्नो आत्मावृतान्तमा धेरै ठाँउमा उल्लेख गरेका छन् । वीपी कोइरालाको निधन नै ज्योती कोइराला
न्यूज समय
३ फाल्गुन, २०८१, शनिबार ००:००