काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य तोलामा एकहजार ९ सय र चाँदीको मुल्य २० रुपैया बढेको छ ।
छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० ले बढेर एक लाख ६४ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।
न्यूज समय
२२ माघ, २०८१, मंगलबार ००:००