काठमाडौं । छापावाल सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको प्रतितोला चाँदी सोमबार १ हजार ८५० रुपैयाँ थियो।
न्यूज समय
१५ माघ, २०८१, मंगलबार ००:००