वायुसेवा निगम डुवाउन लागेका डिमप्रकाशको बिमा प्राधिकरणको अध्यक्षमा आवेदन

न्यूज समय

काठमाडौ । नेपाल बायुसेवा निगमबाट विवादीत भएर कर्मचारीहरुले निगम प्रवेशमा रोक लगाएपछि मन्त्रालयमा तानिएका नेपाल वायुसेवा निगमको तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेलले फेरि विमा प्राधिकरणलाई तहसनसहन पार्ने उद्देश्यले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् । विमा प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन उनी सहित १२ जनाले योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित समिति समक्ष आवेदन दिएका हुन् ।

पौडेल महाप्रवन्धक भएको बेलामा विरुद्ध निगमका कर्मचारीले झण्डै तीन महिना आन्दोलन नै गरेका थिए । महाप्रवन्धक भएर गएपछि पहिलो निर्णयबाट उनले आफ्नो तलब अस्वाभाविक रूपमा बढाएको, निगमलाई अध्ययनबिना नै कम्पनी मोडलमा लैजाने निर्णय गरेपछि विवादमा परेका थिए । त्यसपछि पौडेललाई निगममा प्रवेश नदिए कर्मचारीले पौडेललाई काममै रोक लगाएका थिए ।

तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईका प्रिय पात्र डिमप्रकाश चार्टर एकाउन्टेन्ट भए पनि उनलाई एयरलाइन्स व्यवस्थापनको कुनै अनुभव छैन । उनी निगमका महाप्रबन्धकमा नियुक्ति हुनु अगाडि बतास अर्गनाइजेसनका महाप्रबन्धक थिए । बतास अर्गनाइजेशन हवाई कम्पनी होइन, गाडी बिक्रेता कम्पनी हो । एउटा ट्याक्सी ड्राइभरलाई जहाजको पाइलट बनाउँदा जुन हविगत हुन्छ, अहिले निगमले त्यस्तै हविगत भोगिरहेको त्यहाँका कर्मचारीहरु बताउथे ।

बरु निजी क्षेत्र र विदेशी एयरलाइन्ससँग साठगाँठ गरेर कुम्ल्याउनमै व्यस्त थिए । । यसको एउटा उदाहरण मलेसिया उडान पटक–पटक रद्द गर्नु हो । पौडेल निगमको महाप्रबन्धक भएपछि निगमका एयरलाइन्सलाई आवश्यक पर्ने लुब्रिकेन्ट आयल बतासको एउटा कम्पनीमार्फत सप्लाइ गरेर करोडौं कमिशन खाएको आशंका छ । । त्यसैगरी पाइलट ट्रेनिङबाट पनि लाखौं डलर खाएको आरोप लाग्दै आएको छ । ।


निगमले प्रतिघण्टा तीन सय डलरमा इण्डोनेसियाको ग्लोबल ट्रेनिङ एभियशन जिटिएमा ट्रेनिङ गराउँदै आएकोमा पौडेल आएपछि त्यही ट्रेनिङका लागि बहराइनको गल्फ एभियशन एकेडेमी (जिएए)सँग प्रतिघण्टा ६ सय अमेरिकी डलरमा सम्झौता गरे । निगम स्रोतका अनुसार वर्षमा एक सयभन्दा बढी पाइलटले ट्रेनिङ लिने गरे ।

लकडाउनमा निगमले करिब ४० वटा चार्टर्ड उडान गर्यो । विदेशमा रहेका नेपालीहरुले हवाई भाडा महंगो भयो भनेर गुनासो गरे । तर, निगमका सञ्चालकहरुले भिएलएन काण्डमा जेल परेका राम श्रेष्ठको हारवेष्ट मुन, भागिरथ सापकोटाको गोछाली ट्राभल्स र मेघ केसीको मेग ट्राभल्स र सुनिल शर्माको सोसाइटी ट्राभल्सलाई चार्टर्डको जिम्मा दिइयो ।