सभापति कप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा

न्यूज समय

काठमाडौं । विहिबारबाट जारी सभापति कप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र क्लब र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन ।

खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । हिजोबाट सुरु भएको उद्घाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।