अवैध रूपमा अमेरिकामा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्ने भारतकाे प्रतिक्रिया

न्यूज समय

काठमाडौ । भारतले अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताएका हुन्।

ट्रम्प प्रशासनले १८ हजार भारतीयलाई देश निकाला गर्न अमेरिकाले काम गरिरहेको भन्ने समाचारको जवाफमा जयशङ्करले यो प्रतिक्रया दिएका हुन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँ वासिङ्टनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशङ्करले यस्तो टिप्पणी गरेका हुन्।

ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्ने र लाखौँ आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। जयशङ्करले नयाँदिल्ली कागजातविहीन भारतीयहरूलाई फिर्ता लिन तयार रहेको र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारतमा निर्वासित गर्न सकिनेहरूको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए।