महिला यू-१९ टी-२० विश्वकपस् नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

न्यूज समय


काठमाडौं । मलेसियामा जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समय अनुसार अपराह्न सवा १२ बजे शुरु हुने यस खेल नेपालका लागि महत्वपूर्ण हुनेछ। 

समुह डी मा रहेको नेपालले यसअघि खेलेका दुबै खेलमा पराजय भोगेको छ भने सुपर सिक्समा पुग्ने सम्भावना झिनो रहेको छ। अर्कोतर्फ, अस्ट्रेलियाले आफ्नो दुबै खेलमा जित निकाल्दै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको मुख्य दाबेदार मानिएको अस्ट्रेलियालाई पराजित गर्न सक्ने हो भने मात्र नेपालले सुपर सिक्समा पुग्ने सम्भावना ब्यूँतिन सक्छ। आजको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दाबेदार अस्ट्रेलियालाई चुनौती दिने प्रयास गर्नेछ।