पूर्वडिआइजी छविलाल जोशी ५० लाख रुपैयाँ धरौटीमा रिहा

न्यूज समय

काठमाडौ । काठमाडौं जिल्ला अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा मुद्दामा जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक बहस सकिएपछि यस्तो आदेश दिएको हो। जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

यसअघि कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।