काठमाडौ । एभरेस्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा नाफा २१.११ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एभरेस्टले नाफा २१.११ प्रतिशतले बढाएको हो ।
सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ ।
यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो । यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००