काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले सभापति कप फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता २०८१ माघ १० गतेदेखि १७ गतेसम्म हुनेछ ।
आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ रंगशालामा हुने जानकारी दिएको हो । सभापति कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तथा समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
सभापति कप फुटबल प्रतियोगिता २०८१ मा ८ टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी क्लब, चर्चव्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लव, एनआरटी क्लब, फ्रेण्डस फुटबल क्लब र बाग्मती फुटबल क्लब आयोजकको सहभागिता रहने छ ।
सभापति कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २६ लाख, दोस्रो पुरस्कार नगद १३ लाख र म्यान अफ द म्याच नगद १५ हजार प्राप्त गर्नेछन् ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००