काठमाडौ । मलेसियामा भएको यू –१९ टी २०) महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।
टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्यो। बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रन बनाए ।
नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाए । नेपालका पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले एक,एक विकेट लिए।
पहिला ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा ५२ रनमा अलआउट भएको थियो। नेपालका लागि साना प्रविन र सीमाना केसीले मात्रै दोहोरो अंकमा रन बनाउन सके । साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। नेपालमा ६ खेलाडी रनआउट भए ।
न्यूज समय
५ माघ, २०८१, शनिबार ००:००