सन् २०२४ मा ३३ हजार ९०९ नेपाली डिपेन्डेन्ट भिसामा विदेश पलायन

न्यूज समय

काठमाडौं । हरेक दिन करिब ९३ जना नेपाली डिपेन्डेन्ट भिसामा विदेश पलायन हुने गरेको तथ्य आएको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्ममा ३३ हजार ९०९ जना नेपालीहरू डिपेन्डेन्ट भिसामा विदेश पलायन भएका छन्न् ।

तीमध्ये १२ हजार ११४ जना पुरूष र २१ हजार ७९४ जना महिला रहेको तथ्य विभागमा रहेको छ ।त्यसैगरि पारिवारिक भेटघाट भन्दै १ लाख ३१ हजार ७९६ जना विदेश पुगेका छन्। जसमा ५४ हजार ५३१ जना पुरूष र ७७ हजार २५६ जना महिला रहेका छन्।

अस्थायी रूपमा ५६ हजार २८१ जना पुरूष र ४४ हजार ५३६ जना महिला गरि १ लाख ८२७ जना विदेश गएका हुन्। त्यसैगरी घुम्न भन्दै १ लाख ५९ हजार ४३ जना पुरूष र १ लाख १५ हजार ३५६ जना महिला गरी २ लाख ७४ हजार ४२८ जना विदेश गएका हुन्।

विभागको तथ्यांकअनुसार स्थायी रूपमा ३४ हजार ५४४ जना पुरूष र ३२ हजार २८७ जना महिला विदेश पुगेका छन्।
त्यसैगरि सेमिनार तालिमका नाममा २४ हजार २२६ जना विदेश पुगेका हुन्। जसमा १७ हजार १६६ जना पुरूष र ७ हजार ८९ जना महिला रहेका छन्। यस्तै स्वास्थ्य उपचारका लागि १० हजार १०१ जनापुरूष र ८ हजार ३६४ जना महिला विदेश गएका हुन्।

अफिसियल भिजिटका लागि १० हजार १०१ जनापुरूष र ३ हजार १९१ जना महिला विदेश गएका थिए।सांस्कृतिक कार्यक्रमका लागि ३ हजार ७०५ पुरुष र १ हजार ९९७ जनामहिला गरी ५ हजार ७०३ जना विदेश गएका हुन्।

युएन भिसामा ५ हजार ५७ हजार पुरूष र ७९० जना महिला विदेश गएका थिए भने खेलकुदका लागि २ हजार ४३ जना​ पुरूष र ६३७ महिला गरी २ हजार ६८० जना विदेश गएको विभागले जनाएको छ ।