१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

सक्षम नेतृत्वको पर्खाइमा बुढानिलकण्ठ स्कूल

इतिहास बोकेको बुढानिलकण्ठ स्कूल अहिले नयाँ सक्षम नेतृत्वको पर्खाइमा छ । विद्यालयको नवौं प्रधानाध्यापकले राजीनामा दिएपछि अहिले विद्यालयले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक चयनको प्रकृया अघि बढाएको छ ।
विद्यालयले खुला दरखास्त आव्हान गरे संगै परेका सात जना आवेदकहरु मध्यबाट एक जनालाई बिद्यालयले प्रधानाध्यापकमा चयन गर्ने बिद्यालय श्रोतले बतायो ।
तत्कालिन राजा वीरेन्द्रले २०२९ सालमा स्थापना गरेको विद्यालयमा देशभरका धेरै जसो जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन ।
धेरै जसो जिल्लाबाट प्रतिनीधित्व गर्ने उत्कृष्ठ विद्यार्थीहरु छनौट गरी पठनपाठन गराउदै आएको यस विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न पनि विद्यालयमा सक्षम नेतृत्वको आवश्यक्ता रहेको पूर्व विद्यार्थी तथा अविभावकहरु बताउँछन् ।
पूर्व राजकुमार लगायत राजपरिवारका सदस्यले यही विद्यालयमा अध्ययन गरेका थिए । उच्च बर्गका छोराछोरी मात्र नभई पिछडिएका गाउँका परिवारका बालबालिकाले पनि छात्रवृत्ति सहित यस बिद्यालयमा पढ्ने मौका पाउँदै आएका छन ।
आकर्षक ढंगले संग्रहालय जस्तो आभास हुने सजाईएको यस बिद्यालय परिसरमा पुग्दा पूरा नेपाल अवलोकन गर्न पाइए झै भान हुन्छ ।
नेपालमा उच्च स्तरको सुविधा सम्पन्न बिद्यालय नभएको तात्कालीन त्यस परिवेशमा विदेशमा गएर पढ्ने अवस्थालाई हटाउने सोचका साथ अन्तर्राष्ट्रियस्तरको स्कूलका रुपमा बुढानिलकण्ठलाई स्थापना गरिएको थियो ।
१९८० सालमा पहिलो पटक बुढानीलकण्ठका ८२ जना विद्यार्थी एसएलसीमा सहभागी बनेका थिए । त्यस यता बोर्ड फस्टदेखि टप टेनसम्म बूढानीलकण्ठकै वर्चस्व रहदैं आएको जानकारहरु बताउँछन् । तर अहिले नेपाली राजनीतिको प्रभाव वुढानिलकण्ठ स्कूलमा पनि परेकोले बिद्यालयको अवस्था केहि कमजोर देखिएको पनि अभिभावकहरुको गुनासो छ ।
अपारदर्शी भर्ना प्रकृया तथा राजनीतिक दवावका कारण बिद्यालय प्रतिको विश्वसनियतामा कमि आएकोे अभिभावकहरुको भनाई छ । जसका कारण बिद्यालय प्रतिको आकर्षण घट्नु मात्र नभई बिद्यार्थीको संख्यामा समेत कमि आएको देखिन्छ ।

यस्तो अवस्थामा विद्यालयलाई सक्षम तथा कुसल नेतृत्वले पुरानो साख पुन फर्काउन सक्ने भएकोले सक्षम नेतृत्व छान्न पनि अविभावक एवं विद्यार्थीहरु सुझाव दिन्छन् ।
बिद्यालयले हालै प्रधानाध्यापक छनोटकालागि गराएको प्रतिस्पर्धीमा यसै बिद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु पनि प्रतिस्पर्धामा छन् । त्यस मध्यका प्रतिशप्रर्धी एक अतिराम केसी पनि हुन् ।
रुकुममा जन्मिएका केसी वुढानिलकण्ठमै माध्यामिक तह सम्मको शिक्षा पुरा गरेका पूर्व विद्यार्थी हुन । नेपाल सरकारको छात्रवृत्ति पाएर उनले विद्यालयमा अध्ययन गर्ने मौका पाएका थिए । विद्यालयमै रहेर माध्यामिक तह पुरा गरेका केसी उच्च शिक्षा अध्ययन पश्चात सोहि विद्यालयमै अध्यापन गराई रहेकाले पनि केसीलाई विद्यालयको वातावरणबारे राम्रो ज्ञान छ । जसका कारण अन्य प्रतिस्पर्धी भन्दा आफ्नो नेतृत्व सवैभन्दा सक्षम रहने उनि दावि गर्छन् ।

लण्डन विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका केसी नेपालको त्रिभुवन विश्वविद्यायबाट शिक्षा संकाय अन्तरर्गत गणितबाट स्नातक र शिक्षा योजना तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

सानै देखि यहि बिद्यालयमा पढेको तथा विद्यालयलाई राम्ररी बुझेकाले पनि अन्य प्रतिस्पर्धी भन्दा राम्रो नेतृत्व दिन सक्ने आँकलन केसी संगै सोहि विद्यालयमा अध्यापनरत शिक्षकहरु बताउँछन् ।
केसी भन्छन् “मैले नेतृत्व पाए विद्यालयमा रहेका कमीकमजोरीलाई सुधार गर्दै विद्यालयको शैक्षिक स्तरमा समेत थप सुधार ल्याएर देखाउने छु” ।

यद्यपी विद्यालयको नेतृत्वका लागि भएको प्रतिस्पर्धीमा अनुभव, योग्यता र नेतृत्व गर्ने क्षमताका आधारमा प्रधानाध्यापक चयन गर्नु छनोट समितिको कतव्र्य हो ।
बिना भेदभाव, राजनीतिक दवाब र प्रभावमा नपरि नेतृत्व छनोट भए केसीले बुढानिलकण्ठ बिद्यायलयको प्रधानाध्यापकको जिम्मेवारी पाउने विद्यार्थी, अविभावक, पूर्व विद्यार्थी, तथा शिक्षकहरु समेत बिश्वास व्यक्त गर्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*