बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए ।
कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए ।
कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।
न्यूज समय
१८ जेष्ठ, २०७९, बुधबार ००:००