समाजमा शान्ति, सुव्यवस्था कायम राख्न भन्दै प्रहरीले काठमाडौंमा स्वीप अपरेशन चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्वीप अपरेशन चलाएको पहिलो दिनमै १२१ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२१ जना मध्य १०५ पुरुष, १५ महिला र १ अन्य रहेका छन् ।
सार्वजनिक सेवा प्रवाहमा दुःख हैरानी दिने देखि अभद्र व्यवहार गर्ने, चोरी, लुटपाट, विचौलिया, गुण्डागर्दी जस्ता काम गरेर नागरिकलाई सताएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
चडवाड नजिकि रहेको अवस्थामा समाजमा अपराध रोकथाम तथा नियन्त्रणका माध्यमद्वारा शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा यो अपरेशन चलाई त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
आफ्नो ठाउँमा कुनै त्यस्ता अपराधिक घटना हुने संकेत पाए तुरुन्त प्रहरीको हटलाईन न. १०० मा फोन गरेर जानकारी दिन पनि सवैमा प्रहरीले आग्रह गरेको छ ।


न्यूज समय
७ आश्विन, २०८३, बुधबार १३:१८