भेटेकोशी बाढी प्राभावित क्षेत्रमा झाडापखाला लगाएतका संक्रामक रोग बढ्न सक्ने भन्दै चौतर्फि चिन्ता बढेको छ ।
पछिल्लो तीन सातामा बाढीबाट प्रभावित विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखालाका विरामी भेटिए पछि रोगको संक्रमण बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो ।
अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले बताए ।
अस्थायी बसोबासका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन पनि सवैमा आग्रह गरिएको प्रवक्ता अधिकारीले बताए । केही स्थानमा जरोका विरामी समेत भेटिना थालेको खवर आउन थालेपछी विशेष सतर्कता अपनाउन अग्रह गरिएको पनि अधिकारीले बताए ।
होल्डिङ सेन्टर लगाएतका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, डेंगु, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस तथा विभिन्न छालासम्बन्धी संक्रमणको जोखिम हुने भएकोले सतर्कता अपनाउन जनस्वास्थ्य विज्ञहरुले सुझाएका छन् ।
विशेष गरी पानीबाट संक्रमण फैलिने भएकाले शुद्ध एवं उमालेर पानी पिउने वातावरण सिर्जना गरिदिन तथा राहत वितरणमा समेत विशेष ख्याल गरिदिन पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।


न्यूज समय
२ आश्विन, २०८३, शुक्रबार १५:४६