तीन दिने भ्रमणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहिबार (आज) छिमेकी राष्ट्रि भारत प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री डा.वाग्ले बिहान ७ः३५ बजेको उडानबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक लगाएतका विषयमा छलफल हुने बताईएको छ ।
भारत प्रस्थान गरेको पहिलो दिन आजै अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण सँग भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार शुक्रबार बिहान भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन भने साँझ ५ बजे भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग भेटवार्ता हुने लगाएतका अन्य कार्यक्रम पनि तय भएको बताईएको छ ।
अर्थमन्त्री वाग्ले संग अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत पनि भ्रमणमा सहभागि छन् ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यतालिका पनि तय भएको छ ।


न्यूज समय
१ आश्विन, २०८३, बिहिबार १४:३५