भोटोकोशीमा आएको बाढीका कारण आवरुद्ध पृथ्वी राजमार्ग असोज १ गते बिहिबार देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।
नागढुंगा–मुग्लिन सडक खण्ड अन्तरगत कृष्णभीरमा भोटेकोशीबाट आएको बाढीको चौथो दिन पछि भदौं १४ गते भासीयर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
कृष्णभीरमा अवरुद्ध सडकको माथिल्लो भागबाट नयाँ ट्रयाक निर्माण गरी भोलि देखि सडक सञ्चालनमा ल्याउन लागिएको सडक विभागमा महानिर्देशक विजय जैसिले बताए ।
महानिर्देशक जैसिका अनुसार भासीएको क्षेत्रको झण्डै २५२ मिटर लामो नयाँ सडकको ट्रयाकमा नाली सहित सात मिटर चौडाईको सडक संरचना निर्माण गरिएको छ ।
चाडपर्वलाई मध्यनजर गर्दै ठुलो जनशक्ति र उपकरण प्रयोग गरी तिव्र गतिमा सडक खोल्ने कार्य गरिएको भन्दै महानिर्देशक जैसिले भोलि असोज १ गते विहान ६ वजे देखि नै सडक दुई तर्फि सञ्चालनमा ल्याईने जानकारी दिए ।
ट्रयाक खोलि ग्राभल गरी सञ्चालनमा ल्याईएको सडकको अवस्था हेरी झण्डै दुई हप्ता पछि सोहि सडकलाई पिच गर्ने विभाग तयारीमा रहेको पनि महानिर्देशक जैसिले बताए ।
बढीले क्षति पुर्याए संगै पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भए पछि उपत्यकामा ग्याँस लगाएत दैनिक उपभोग्य बस्तुको आपुर्तिमा असहज भएको थियो ।
सरकारले बैकल्पिक बाटो प्रयोग गरेर आपुर्ति सहज गर्न प्रयास गरिए पनि कालोबजारी हुनथालेको गुनासो बढेपछी सरकारको अनुगमन टोलिले उपत्यकाका विभिन्न स्थानमा छापा हानि कालोवजारी गर्नेलाई कारवाही थालेको छ ।


न्यूज समय
३१ भदौ, २०८३, बुधबार १५:२०