भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी झण्डै आठ अर्व आर्थिक सहयोग जुटेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितकालागि झण्डै सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको भन्दै संकलित कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु एक अर्ब निकासा गरिएको समेत जानकारी दिए ।
प्रधानमन्त्री शाहले त्यस मध्येबाट ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको समेत बताए ।
उक्त कोषमा हाल ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैया मौज्दात रहेको पनि बताए ।
कोषमा ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर पनि जम्मा भएको प्रतिनिधी सभालाई जानकारी दिए ।


न्यूज समय
१७ भाद्र, २०८३, बुधबार ००:००