सिंगापुरमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन् । पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने तयारी गरेको जानकारी दिए ।
देउवा निकट नेता महतका अनुसार पूर्व सभापति साउन २६ गते बेलुकी स्वदेश फर्कने कार्यक्रम तय भएको आफुले जानकारी पाएको बताए ।
गत २०८२ चैत्र ७ गते उपचारकालागि सिंगापुर गएका देउवा सिंगापुर देखि थप उपचारकालागि हङ्कङ गएका थिए ।
श्रीमति एवंम पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा संगै गएका उनि केही समय यता सिंगापुर बस्दै आएका छन् ।


न्यूज समय
२१ श्रावण, २०८३, बिहीबार ००:००