राष्ट्रियसभाका सांसदहरुद्वारा बढ्दो महँगी प्रति सरकारको ध्यानार्कषण गराएका

न्यूज समय

राष्ट्रियसभाका सांसदहरुले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी प्रति सरकारको ध्यानार्कषण गराएका छन् ।

आज बसेको राष्ट्रियसभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक उपभोग्य वस्तुको निरन्तर बढ्दो मूल्यका कारण सर्वसाधारणलाई अप्ठेरो परेकोले यस विषयम सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

खाना पकाउने एलपी ग्याँसको अभाव, जनस्वास्थ्य संग सम्वधित विषय, दलित समुदायमाथिको विभेद तथा सिमा विवादबाट सिमा क्षेत्रका नागकिले भोगिरहेको कष्ट प्रति पनि सांसदहरुले सरकारको ध्यानार्कषण गराएका हुन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको तथा खाद्यवस्तुको मूल्यवृद्धि र विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएकोले यस प्रति सरकारको तत्काल ध्यान जानुपर्ने बताएका हुन् ।

सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

त्यस्तै सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग जोडदार माग गरिन् ।