वीरगञ्जमा पनि निषेधाज्ञा, प्रधानमन्त्रीले आजै राष्ट्रको नाममा सम्बोधन गर्दै

न्यूज समय

सम्भावित दुर्घटनालाई रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको वैठकले आज साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट लगाएतका क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाउने तथा सभा, जुलुस एवं प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानुन वमोजिम कारवाही गरिने समेत जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
यसै वीच प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री शाहाले अहिले केहिवेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बतायो ।

पूर्वी तराईको सुनसरीमा घटेको घटनापछिको अवस्था विग्रदै जान थालेपछि प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
यस अघि प्रधानमन्त्री शाहालाई सुरक्षा निकाएका प्रमुखहरुले त्यस क्षेत्रको सुरक्षाका बारेमा व्रिफिङ गरेका थिए ।

यता तराईमा घटेको घटना र चर्कदो आन्दोलनको अवस्थाका बारेमा रास्वपा सभापति रवि लामिछानेले तराई केन्द्रित सांसदहरु संग छलफल गरेका छन् । आन्दोलनलाई कसरी शान्त पार्ने तथा घटनालाई कसरी सम्बोधन गर्ने लगाएनका विषयमा सभापति लामिछानेले तराई केन्द्रि सांसदहरु संग छलफल गरेका हुन् ।