नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ । सोमवार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरुले सो सुरुङमार्गको उद्घाटन गरे ।
सो कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीको समेत उपस्थिती रहेको थियो । सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्तिवाचनसहित पूजापाठ समेत गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरण समेत गरे ।
उद्घाटनसंगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेका थिए ।


न्यूज समय
११ श्रावण, २०८३, सोमबार ००:००