विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर रिटमा सर्वोच्चद्धारा कारण देखाउ आदेश

न्यूज समय

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्याक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलाशले विहिबार उक्त आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको थियो ।

सर्वोच्चले उनलाई पक्राउ आदेश दिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउ गर्नुपर्नाको कारण माग गरेको हो ।