नेपाल सरकारको ३० औं मुख्य सचिव को बन्छन् भन्ने अहिले प्रशासन वृत्त निकै चर्चाको विषय बनेको छ ।
२९औँ मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण यही असार २६ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिव को हुने भन्ने चर्चा निकै भएको हो ।
हाल बहाल वाला १० सचिव मध्यबाट एक मुख्य सचिव वन्ने भए पनि झोकी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष लविङ र इच्छा व्यक्त गर्न आकांक्षी सचिवहरु डराईरहेको स्रोतको दावि छ ।
वरीयता क्रम तथा सिनियर सचिव मुख्य सचिव बन्ने अनुमान लगाए पनि सर्वोच्च अदालतको प्रधानन्यायानधिश नियुक्तिमा देखिएको सरकारको शैलिले यो बन्छ भन्ने ठ्याक्कै एकिन गर्न सकिने अवस्था भने देखिएको छैन् ।
हाल वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा, दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेका हरिप्रसाद मैनाली, तेस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह) मै रहेका डिल्लीराम शर्मा, चौथो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र मोनिटरिङको जिम्मा दिएका गोविन्दप्रसाद शर्मा छन् ।
यस्तै पाँचौँ नम्बरमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, छैटौँ नम्बरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सातौँ नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, आठौँ नम्बरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नवौँ नम्बरमा लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल र १० औँ नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला छन् ।
जसमध्य वरीयतामा यी सचिवभन्दा माथिका ३ सचिव रहे पनि उनीहरू मुख्यसचिव अर्याल भन्दा अगावै अनिवार्य अवकाशमा जाने भएकाले अन्य ७ सचिवबाट नै मुख्य सचिव छानिने भन्ने करिव करिव पक्का छ ।
यस अघि प्रधानमन्त्री बालेन्द्र शाहलाई लाभको पदकालागि म्यासेज गरेको भन्दै एक सचिवलाई प्रधानमन्त्रीले लिएको एक्सनले पनि यस पटक सचिवहरु मुख्य सचिव बन्न नेता कहाँ धाउने तथा भन सुनमा जान हिचकिचाई रहेको कतिपएको बुझाई छ ।


न्यूज समय
८ असार, २०८३, सोमबार ००:००