भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीले यही असारको तेस्रो सातादेखि लालपुर्जा पाउने बताएकी छन् ।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सरकारले असारको तेस्रो सातादेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको बताएकी हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन भन्ने प्रस्नको जावाफ दिदै मन्त्री रावलले अव छिट्टै सुकुमवासीहरुले लालपुर्जा पाउने बताएकी हुन् ।
सरकारले काठमाडौंका विभिन्न स्थानका सुकुमवासीहरूलाई विस्थापन गरेर होल्डिङ सेन्टरमा राखेको र त्यहाँको व्यवस्थापन समेत राम्रो नभएको भनेर समाचार वाहिरिहेका बेला मन्त्रीले संसदमा त्यस्तो जानकारी गराएकी हुन् ।
मन्त्री रावलका अनुसार वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको र त्यो अन्तिम चरणमा रहेको छ ।


न्यूज समय
३ असार, २०८३, बुधबार ००:००