गत जेठ २९ गते कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे स्थीत टेम्पो भीरबाट खसालेको घटनाको छानबिन हुने भएको छ ।
त्यस क्षेत्रको वन अतिक्रमण हटाउने भन्दै वन लगाएतका कर्मचारीले स्थानीय एक महिलाको टेम्पो भीरबाट खसालेको घटनाको सामाजिक सञ्जालमा व्यापक भएको थियो ।
घटनाको तिव्र विरोध भएपछि छानविन गर्न सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको बताईएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको र छानविनमा कर्मचारी दोषी देखिए आवश्यक कारबाही अगाडी बढाईने बताए ।
घटनामा संलग्न भएको भन्दै अहिले प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको पनि सचिव कोईलाले बताए ।


न्यूज समय
१ असार, २०८३, सोमबार ००:००