सुधन गुरुङ पुनः गृहमन्त्री र महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सपथ लिदै

न्यूज समय

मन्त्रीमा पुनः नियुक्त भएका सुधन गुरुङ र महाविर पुनले आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ खाँदै छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा प्रतिनिधिसभा सदस्य सुधन गुरङलाई र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सांसद महाविर पुनलाई सिफारिस गरे संगै उनिहरुको सपथ ग्रहणको कार्यक्रम तय भएको हो ।

पुनः नियुक्त मन्त्रीहरुले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको सपथ गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय श्रोतले बतायो ।

यस अघि चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका गुरुङ सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि राजीनामा दिएर आफ्नो सम्पति छानविनमा सघाएका थिए ।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको गठित समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाए पछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री शाह तयार भएका हुन् ।

यस्तै, महाविर पुनले पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सपथ खाँदै छन् । जनेजी आन्दोनका क्रममा मन्त्री बनेका पुन मन्त्रीबाट राजिनामा दिई म्याग्दीबाट प्रतिनिधिसभमा स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।