लुम्विनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनियताको सपथ लिए

न्यूज समय

लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद पुनःगठन गरेका छन् । केही दिन अघि राजिनामा दिएका ५ मन्त्रीको स्थानमा मुख्यमन्त्री आचार्यले अन्य मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त हुने ५ मन्त्रीहरुमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।

नवनियुक्त मन्त्रीहरु मध्य चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आजै पद तथा गोपनीयताको सपथ गराएको उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए ।