फिलिपिन्समा ७.८ म्याग्निट्यूडको शक्तिसाली भूकम्प गयो, ठुलो सुनामी आउने चेतावनी

न्यूज समय

फिलिपिन्समा शक्तिसाली भूकम्प गएको छ । फिलिपिन्स इन्स्टिट्यूट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीका अनुसार ७.८ म्याग्निट्यूडको भूकम्प गएको छ ।

साइज्मोलोजीका अनुसार फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा बनाएको भूकम्पको केन्द्रबिन्दु झण्डै १० किलोमिटर गहिराईमा रहेको बताईएको छ ।

भूकम्पमा परी कम्तिमा ५ जनाको मृत्यु भएको र दर्जनौ घरहरु भत्किएको बताईएको छ । भूकम्प पछि फिलिपिन्समा ठुलो सुनामी आउने चेतावनी दिईएको छ ।

फिलिपिन्सका राष्ट्रपतिले स्थानीय नागरिकलाई अग्लो स्थानमा सर्न र सर्तक भएर बस्न पनि आग्रह गरेका छन् ।

साथै उनले सवै सरकारी निकाएलाई उद्दार तथा राहतका लागि तत्काल आवश्यक कदम चाल्न पनि निर्देशन दिएको समाचारहरु आएका छन् ।

भूकम्प पछि अहिले त्यस स्थानमा १६ वटा पराकम्प समेत गइसकेका छन् ।

त्यस क्षेत्रमा भूकम्पबाट घरहरु भत्किएर, मानिसहरु भागेका भिडियो तथा फोटोहरु सामाजिक संजालमा आईरहेका छन् ।