नागढुंगा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा, आउँदो श्रावन देखि सञ्चालन खुला गरिने

न्यूज समय

नागढुंगा नौविसे सडक खण्ड अन्तरगतको नागढुंगा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । निर्माण कार्य लगभग सम्पन्न भईसकेको र सुरुङ मार्गको अन्य व्यवस्थापन सहितमा छिटपुट कार्य सम्पन्न गरी यही श्रावन महिना देखि मार्ग सञ्चालन खुला गरिने सुरुङ मार्ग आयोजना निर्देशक सौजन्य नेपालले बताए ।

सुरुङ मार्ग सञ्चालनको लागि १६ बैशाख २०८३ देखि सेवा प्रदायक कम्पनी युछिन एआरटी जेभिलाई छनोट गरी ५ बर्षे सञ्चालन व्यवस्थापन तथा मर्मतको जिम्मा दिईएको पनि आयोजना निर्देशक नेपालले बताए ।

आयोजना निर्देशक नेपालले सुरुङ मार्ग सञ्चालनका लागि संभावित दुर्घटना लगाएतका भइपरि आउने समस्याका लागि अहिले तालिम लगाएतका कार्य सुरु भइरहेको पनि जानकारी दिए ।

आर्थिक बर्ष २०७६/७७ बाट निर्माण सुरु गरिएको सुरुङ मार्गको ठेक्का जापानको हाज्मा एण्डो कर्पोरेशनले १३.६ अर्वको लागतमा सकारेको थियो ।
निर्माण सम्पन्नका लागि चौथो पटको म्याद थप पछि आयोजनाको हस्तान्तरण प्रकृया अन्तिम चरणमा रहेको बताईएको छ ।

नेपालमै पहिलो पटक निर्माण भएको सुरुङ माग सञ्चालनका लागि व्यवस्थापन लगाएतका कार्यमा निकै राम्रो तयारी गरिएको पनि निर्देशक नेपालको भनाई छ ।

काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाको रुपमा रहेको नागढुंगा क्षेत्रमा निर्माण भएको यो सुरुङ मार्गले बर्षौ देखि हुँदै आएको सवारी साधनको जाम र यात्रुलाई पर्दै आएको समस्याको अन्य हुने सडक विभागमा महानिर्देशक विजय जैसीले बताए ।