लुम्बिनी र मधेश प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौषम विज्ञान विभागको मौषम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलवार) लुम्बिनी तथा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको हो ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा आज दिउँसो र मधेश प्रदेशमा राति हावाहुरी चल्ने बताईएको छ । महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगाएतका जिल्लामा तीव्र हावाहुरी चल्ने छ ।
त्यस्तै मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुसा लगाएतका जिल्लामा राति तीव्र गतिको हावाहुरी चल्ने बताईएको छ ।
हवाहुरीका कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न पनि मैषम विज्ञान विभागको मौषम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रका वासिन्दालाई जोगिने उपाय अपनाउन र सुरक्षित रहन पनि आग्रह गरेको छ ।


न्यूज समय
२२ बैशाख, २०८३, मंगलबार ००:००