राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये एउटा अध्यादेश आज जारी गरेका छन् । सहकारी ऐन संशोधन अध्यादेश जारी हुँदा अन्य ५ अध्यादेशका बारेमा भने परामर्श भइरहेको बताइएको छ ।
राष्ट्रपति पौडेलले अन्य अध्यादेशका बारेमा अहिले संविधानविदहरुसँग छलफल गरिरहेका छन् ।
परामर्शका लागि संविधानविद्हरू महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य, ललित बस्नेत परामर्शका लागि शीतल निवास पुगिसकेका छन् ।


न्यूज समय
१७ बैशाख, २०८३, बिहीबार ००:००