मन्त्रीपरिषदको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा छुट दिने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार मन्त्रीपरिषद बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।
सरकारले यसरी दिएको छुटलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ । जसका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिने समेत मन्त्री रावलले जानकारी दिईन् ।
मध्यपूर्व एसियामा भएको युद्ध र त्यसको असर नेपालमा पनि परिरहेको समयमा मन्त्रीपरिषद बैठकले गरेको यो निर्णयले पेट्रोलिय पदार्थ लगाएतमा भएको मूल्य बृद्धिबाट जनतालाई राहत दिन सजिलो हुने पनि बताईएको छ ।


न्यूज समय
२४ चैत्र, २०८२, मंगलबार ००:००