कडा एक्सनमा उत्रिएको बालेन सरकारले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार पूर्वमन्त्री खड्कालाई आईतबार बिहान उनि बस्दै आएको अपाटमेन्टबाट पक्राउ गरेको हो ।
खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नियन्त्रण लिईएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए ।
यसअघि हिजो विहानै प्रहरीले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । उनिहरु दुवैलाई जेनजी आन्दोलनमा निर्दोश जेन्जी प्रदर्शनकाक्रममा भएको हत्या संग सम्वन्धित घटनाको आरोपिका रुपमा पक्रउ गरिएको हो ।
कार्की आयोगले ओली र लेखक लगाएतका व्यक्ति उक्त काण्डमा दोषि रहेको भन्दै सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको थियो । अहिले ओली र लेखक दुवैलाई अदालत उपश्थित गराई कानुनी प्रक्रिया अगाडी बढाईएको छ ।
उता ओलीको पक्राउको विषललाई दिएर नेकपा एमालेले प्रर्दशन गरेको छ । देशका विभिन्न स्थान लगाएत काठमाडौंमा एमाले समर्थीत कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
प्रर्दशनका क्रममा प्रहरीलाई ढुंगा मुढा गर्न थाले पछि प्रहरीले लाठी चार्ज गरेको छ । आक्रोशित प्रर्दशनकारीलाई तितरविर पार्न प्रहरीले लाठी हानेकोे हो ।
प्रर्दशनकारिहरु काठमाडौंको माईतिघर मण्डला, बिजुली बजार लगाएका स्थानमा ओलिको रिहाईको माग गर्दै नाराबाजी गरिरहेका छन् ।


न्यूज समय
१५ चैत्र, २०८२, आईतबार ००:००