मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी प्रहरी नियन्त्रणमा

न्यूज समय

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतको आदेशमा फागुन १३ मा रिहा भएका प्रसाईंलाई आईतबार पुनः नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रसाईंले यही फागुन २१ गते हुने प्रतिनिधी सभा चुनाव बिथोल्न भूमिका खेल्ने आशंकामा उनलाई नियन्त्रणमा लिएको अनुमान गरिएको छ ।

उनीबिरुद्ध सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।

भक्तपुरको उनकै निवासबाट नियन्त्रणमा लिईएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको पनि डीएसपी जबेगुले बताए ।
निर्वाचन बिथोल्ने जस्ता अभिव्यक्ति दिएको भन्दै प्रशासनले प्रसाईंलाई पटक पटक पक्राउ गर्दै छोड्दै आएको छ ।