यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा निर्वाचन कर्मचारी खटाउने तयारी भएको हो ।
दशै भरका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त २ लाख २१ हजार कर्मचारी खटाईने भएका हुन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना सम्म कर्मचारी पठाईने आयोगको तयारी भएको बताए ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ ।
निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार सम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।


न्यूज समय
१५ फाल्गुन, २०८२, शुक्रबार ००:००