रामेछापको मचानेटार स्थीत तामाकोशी नदिमा खसेको बसमा सवार ९ जनाको ज्यान गएको पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार मध्य घटना स्थलमै ३ जना र अस्पतालमा उपचारका क्रममा ६ जना गरी जम्मा ९ जनाको मृत्यु भएको पुष्टी भएको हो ।
बसमा कति जना सवार थिए भन्ने एकिन अझै नभईसकेको र नदिमा अन्य यात्रु बगेको हुन सक्ने भन्दै सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरिरहेको जनाईएको छ ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस मंगलबार विहान तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।
अरनिको यातायात समितिका अनुसार काठमाडौंको जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेको खुले पनि बाटोबाट अन्य थप यात्रु चढे नचढेको खुलेको छैन् ।
नदिमा डुवेको बसलाई प्रहरी तथा स्थानीयको सक्रियतामा क्रेन गलाएर नदिको बगरमा निकालिएको छ ।


न्यूज समय
२७ माघ, २०८२, मंगलबार ००:००